Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कीर्तिमानी साझेदारीसँगै नेपालका दुवै ओपनर आउट

    कीर्तिमानी साझेदारीसँगै नेपालका दुवै ओपनर आउट

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 828
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वे विरुद्धको खेलमा आसिफ शेख ६६ रनमा आउट भएका छन् ।

    उनले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।



    ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रनमा आउट भएलगत्तै अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए ।



    आसिफले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । कुशलले भने ९५ बलको सामना गरी दुई छक्का र १३ चौका प्रहार गरेका थिए ।

    हाल कुशल मल्ल १२ र रोहित पौडेल शून्य रनमा क्रिजमा छन् । पछिल्लो समय नेपालले ३५ ओभरमा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार