Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एन्टिबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्कदै

    एन्टिबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्कदै

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 924
    SHARES

    धनगढी । कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्किरहेको एक कार्यक्रममा सहभागीले बताएका छन् ।

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा धनगढीमा आइतबार भएको कार्यक्रममा सहभागीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको असर नेपालमा पनि देखिएको बताएका हुन् ।



    सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीशचन्द्र जोशीले नेपाल एन्टिबायोटिक रेसिस्टेन्सको चपेटामा परेको बताए । उनले यसलाई न्यूनिकरण गर्न सबै क्षेत्र एक भएर लाग्नु पर्ने बताए । एक स्वास्थ्य नीति अवलम्बन गरेर अगाडी बढ्न जरुरी भएको उनको तर्क छ । जति मानिसमा समस्या छ उती नै समस्या कृषि र पशुमा पनि भएको निर्देशक डा. जोशीको भनाइ छ ।



    ‘अबको युग एन्टिबायोटिक रेसिस्टेन्स अर्थात एन्टिबायोटिकले काम नगर्ने भएको छ,’ उनले भने । एक स्वास्थ्य अवधारणा अनुसार तीन क्षेत्रको सहकार्यमा मात्रै एन्टिबायोटिक रेसिस्टेन्सको न्युनिकरण गर्न सम्भव हुने डा. जोशीको भनाइ छ ।

    युएसएआइडी एमट्याप्स परियोजनाका सिसियर टेक्निकल एड्भाइजर तथा भाइरोलोजिष्ट डा सन्तोष दुलालले सन् २०१९ को एक अध्ययन अनुसार विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । उनले भनेका छन्, एच.आइ.भी÷एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे ।

    ‘एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने छ’, उनले भने ।

    एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग, मनलाग्दी रुपमा भएको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुदा एन्टिबायोटिकले काम गर्न छाडेको हो । काम गरेका औषधिकहरुपनि निकै महंगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन् ।

    विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक हो । विश्व स्वास्थ्य संगठनले पनि यो विषय उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार