Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एन्टिबायोटिकको दुरूपयोगले मानव स्वास्थ्य ठूलो समस्या

    एन्टिबायोटिकको दुरूपयोगले मानव स्वास्थ्य ठूलो समस्या

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ ।

    धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र शहरी भेगको प्रतिनिधित्व गर्ने गरी २ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपंक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो ।



    एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।



    धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो ।

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्राडा शाक्यले स्वस्थ मानिसको शरीरबाट दिसा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा शरीरमा इकोली बढेको र एन्टिबायोटिक कम प्रभावकारी हुँदै गएको पाइएको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार