Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डब्लुएचओ महानिर्देशक डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

    डब्लुएचओ महानिर्देशक डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आएका डब्लुएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भेटघाट गरेका हुन् ।



    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लुएचओको महत्त्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणको लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त गरे ।



    अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गरे ।

    भेटका क्रममा डब्लुएचओका महानिर्देशक डा।टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताको रुपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार