Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आवश्यक छ : डब्लुएचओ

    भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आवश्यक छ : डब्लुएचओ

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 729
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि अब भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आवश्यक रहेको बताएका छन् ।

    सन् २०२३ को अन्त्यमा आफ्नो सन्देश जारी गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् ।



    उनले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।



    उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार