Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको लुईस सेन्ट गोलीकाण्ड : १७ वर्षीय किशोर पक्राउ

एजेनसी । अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो । पार्टी चलिरहेको बेला करिब एक बजे गोली चलेको थियो ।

मेयर टिशौरा जोन्सका अनुसार गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसैबीच, प्रहरी प्रमुख रोबर्ट ट्रेसीले आइतबार पत्रकार सम्मेलनमा भने कि यस मामिलामा १७ वर्षीय किशोरलाई हिरासतमा राखिएको छ । प्रहरीले घटनास्थलबाट एआर–१५ स्टाइलको राइफल र एक थान पेस्तोलसहित केही हतियार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077