Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चा घोषणा समय एक घण्टापछि सर्‍यो

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बाढीपहिरोबाट भएको क्षति अवलोकनका लागि पूर्व जाने कार्यक्रम भएकाले मोर्चा घोषणाको समय सारिएको हो।

यसअघि आजै (सोमवार) दिउँसो ३ बजे घोषणा हुने तय भएको मोर्चा साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध हुँदैछन् ।

आइतवार बसेको ४ दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077