Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समाजवादी मोर्चा घोषणा सभामा झलनाथ खनाल सहभागि नहुने

काठमाडौं । समाजवादी मोर्चा घोषणामा झलनाथ खनाल नजाने भएका छन् ।

स्रोतका अनुसार कार्यव्यस्तताको कारणले एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री खनाल सहभागी नहुने भएका हुन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध हुँदैछन् ।

आइतवार बसेको ४ दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।

उनले लक्ष्य, उद्देश्य तथा प्रधान शत्रु किटान नभइ मोर्चा घोषणा गरेको भन्दै पार्टीमा असन्तुष्टि राख्दै आएका थिए ।समाजवादी मोर्चामा सहभागी हुनका लागि शुक्रबार बसेको सचिवालय बैठकमा पनि नेता उनी सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077