Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

पाँचथर । पाँचथरबाट बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उदार गरिएकाहरुमा याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङ रहेका छन् ।

त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077