Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विद्युत्‌को आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले विद्युत्‌को आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विष्टले विद्युत्‌को आन्तरिक खपत बढाउन नसकिएको बताएका हुन् । सांसद विष्टले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस्तो सहमति गरेको भए जानकारी हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आए पनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ भन्दै प्रश्न गरे।

सांसद विष्टले भने,'प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ, तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ र ? १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँरछैनौँ, हामीले नारा दिएका मात्रै छौँ ।’

सांसद विष्टले नेपालमा नै विद्युत्‌को आन्तरिक खपतको अवस्था कमजोर रहेको बताए । विद्युत् खेर जाने भयो भनेर विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यो प्रकारको कहालीलाग्दो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077