Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चाको औपचारिक घोषणा

काठमाडौं । समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा आज घोषणा गरिएको हो ।

कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिबद्धता घोषणा गरिएको छ । दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ ।

सहमति पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन्।

समाजवादी मोर्चामा नेकपा माओवादी,जनता समाजवादी पार्टी,एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा छन्। १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी भएको छ।

सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077