Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समाजवादी मोर्चा कसैको विरूद्धमा छैन, तर्सिनु पर्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कसैले पनि तर्सिनु नपर्ने बताएका छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यो मोर्चा कोहीविरूद्ध नभएको बताएका हुन्।

अध्यक्ष यादवले भने, ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं ।’

विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने यादवले बताए ।

विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताए ।

तर यस्तो आशंकालाई व्यवहारबाट गलत सावित गर्ने उनले बताए । कसैले प्रतिगमनकारी कदम चाले त्यसविरूद्ध यो मोर्चा उभिने पनि उनले प्रष्ट्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077