काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजका विभेद र भ्रष्टाचारबाट मुक्त गर्न पनि समाजवाद आवश्यक रहेको बताएका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेता खनालले एकमात्र विकल्प समाजवाद भएको बताएका हुन् ।
नेता खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस् । हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो, तीन करोड नेपालीको लक्ष्य हो समाजवाद ।’
समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने नेता खनालको भनाई छ ।
खनालले मोर्चालाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रुहेको भन्दै जबसम्म देशभक्त र प्रगतिशील शक्ति एकताबद्ध हुँदैनौ तबसम्म देशको आमूल परिवर्तन सम्भव नहुने समेत बताए ।