Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मोर्चा बनाएर कसैलाई घुर्क्याउन खोजेका होइनौं : माधव नेपाल

    मोर्चा बनाएर कसैलाई घुर्क्याउन खोजेका होइनौं : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 714
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कसैलाई तर्साउन र घुर्क्याउन मोर्चा नबनाएको बताएका छन् ।

    समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध समाजवादी मोर्चा बनेको बताएका हुन्।



    अध्यक्ष नेपालले भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् । यो मोर्चा स्वार्थको मोर्चा होइन । यसको प्रष्ट उद्देश्य परिवर्तनका लागि एकतावद्ध हुने हो । देशभक्ति शक्तिलाई एकतावद्ध भएर लैजान चाहन्छौं । हामीमा कुनै किसिमको आग्रह पूर्वाग्रह छैन ।’



    यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको उनको भनाइ थियो । यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ ।

    आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए । अध्यक्ष नेपालले समाजमा अन्याय र अत्याचार गर्नेलाई दण्डित गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग अनुरोध गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार