Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोर्चाबारे प्रभुको प्रश्न - जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेलाई के भन्नुहुन्छ ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको विरोध गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा मार्फत समाजवादी मोर्चाको विरोध गरेका हुन् ।

उनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलक्षित गरी प्रश्न गरे ।

उनले सोधेका छन्, ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसंग घाटी जोड्नेहरूलाई के भन्नुहुन्छ ?’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077