Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीलाई सूर्य थापाको प्रश्न - पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको हो ?

काठमाडौं । नेकपा एमाले सांसद सूर्य थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तथाकदित पहिचानवादको ह्याङ्ओभरले नछाडेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । पर्यटनमन्त्र्री किरातीले पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको उनको आरोप छ ।

एमाले सांसद थापाले भने, ‘यो मन्त्रीको नियतसँग जोडिएको विषय पर्‍यो । भर्खरै कोसी प्रदेशले संविधान बमोजिम दुई तिहाइको बहुमतले प्रदेशको नामाकरण गरेको थियो । मन्त्रीज्यू त्योसँग असहमत भएर हो कि के हो ? प्रदेशको नाम किन हटाउनुभयो ? यो पुस्तक फेरि फिर्ता पठाइयोस् । कोसीदेखि सुदूरपश्चिमसम्मको नाम पूर्ववत् राखेर सच्याएर ल्याइयोस् ।'’

कोशी प्रदेशले संविधान दुईतिहाइले नामाकरण गरेको विषयलाई मन्त्रीको असहमतिको कारणले हटाएको हो ? भन्दै प्रश्न गरे । यो पुस्तक फेरि हटाएर सच्याएर ल्याउन माग गरे । उनले सहरी विकास मन्त्रालयले पनि लुम्बिनी प्रदेशको नाम नजानेको बताए ।

लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेको भएकाले हटाउन कार्यसूचीबाट हटाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077