Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाविरूद्ध नेपालको दोस्रो सफलता, करण केसीले लिए विकेट

    अमेरिकाविरूद्ध नेपालको दोस्रो सफलता, करण केसीले लिए विकेट

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 666
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले एकैचोटी दुई विकेट लिएको छ ।

    बलर करण केसीले अमेरिकाका ओपनर स्टेभन टेलरलाई आफ्नो स्पेलको पहिलो ओभरमै आउट गरेका हुन्।



    करनले दोस्रो ओभरको पाचौँ र छैटौँ बलमा विकेट लिएका हुन्। अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन र मुकामाला शून्यमा आउट भएका छन्।



    दुवैलाई नेपालका करण केसीले आउट गरे। करणले १.५ ‌ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालाई आरिफ शेखबाट क्याच गराए।

    नेपालले घाइते सोमपाल कामीको स्थानमा देव्रेहाते स्पिनर ललित राजवंशीलाई टोलीमा राखेको छ ।

    नेपालबाट रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार