Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालले दियो स्कटल्यान्डलाई १३६ रनको सामान्य लक्ष्य

    नेपालले दियो स्कटल्यान्डलाई १३६ रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दिएको छ ।

    अफ्रिकामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा १३६ रन जोड्दै सबै विकेट गुमाएको हो ।



    नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे ।



    यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन् । बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन-तीन विकेट लिए । नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार