Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकाबिरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

    अमेरिकाबिरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 636
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गर्दैछ ।



    दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । तीव्र गतिका बलर सोमपाल कामी औलाको चोटको कारण बाहिर रहेका छन् ।



    सोमपालको स्थानमा देब्रे हाते स्पिनर ललित नारायण राजवंशीले मौका पाएका छन् । पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो ।

    नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार