Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित

    आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 2K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले संयुक्त राज्य अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई निलम्बित गरेको छ ।

    अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै अमेरिकाका तीव्र गतिका बलर फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको हो ।



    फिलिप जिम्बावेमा भइरहेको आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाको टोलीमा छन्। वेस्ट इन्डिजविरुद्ध अमेरिकाको पहिलो खेलमा उनले तीन विकेट लिएका थिए।



    वेस्ट इन्डिजले उनको बलिङ एक्सको विषयमा रिपोर्ट गरेको थियो। आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो।

    उनलाई आईसीसी नियमको धारा ६.७ अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको आईसीसीले जनाएको छ । अब फिलिपले जबसम्म बलिङ्ग एक्सन सुधार ल्याएर वैधानिक बनाउँदैनन् तबसम्म उनीमाथिको प्रतिबन्ध कायम रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार