Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • छनोटबाटै बाहिरियो चार पटकको विश्वकप विजेता वेस्टइन्डिज

    छनोटबाटै बाहिरियो चार पटकको विश्वकप विजेता वेस्टइन्डिज

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट २०२३ मा वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ ।

    चार पटकको विश्वकप विजेता वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकी छनोट खेलबाटै बाहिरिएको हो ।



    वेस्टइन्डिज सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ ।



    यससँगै दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोटबाट बाहिरिएको छ । जितको लागि वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

    त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार