Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लिग -२ को पहिलो सिरिज खेल्न नेपाल आउदै नेदरल्याण्ड्स र नामिबिया

    लिग -२ को पहिलो सिरिज खेल्न नेपाल आउदै नेदरल्याण्ड्स र नामिबिया

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 747
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

    ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।



    लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ।



    फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए । सुपर लिगमा पुछार (१३औं स्थान) मा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार