Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विश्वकप क्रिकेटको खेल तालिका हेरफेर,९ खेलको तालिका परिवर्तन

    विश्वकप क्रिकेटको खेल तालिका हेरफेर,९ खेलको तालिका परिवर्तन

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 783
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिकामा परिमार्जन गरिएको छ ।

    भारत र पाकिस्तानबीचको खेलसहित नौ वटा खेलको तालिकामा परिवर्तन गरिएको हो । यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ ।



    यो खेल पूर्वनिर्धारित स्थान गुजरातको नरेन्द्र मोदी स्टेडियममा १४ अक्टोबरमा हुने छ । १५ अक्टोबरको दिन भारतमा नवरात्री परेका कारण त्यो दिनको खेल एक दिन अघि सारिएको हो ।



    भारत र पाकिस्तानको खेलको समय सारिएको कारण अरु खेलको मिति पनि परिवर्तन गरिएको हो । पाकिस्तान र श्रीलंकको खेल पनि अक्टोबर १२ बाट अक्टोबर १० मा सारिएको छ ।

    भारत र पाकिस्तानको खेलको लागि पर्याप्त समय होस् भन्ने हिसाबले यो समय पनि सारिएको हो । यसको कारण लखनउमा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल पनि एक दिन अगाडि सारिएको छ । उक्त खेल अक्टोबर १३ मा हुने तालिका थियो भने अब १२ तरिकमा हुनेछ ।

    अक्टोबर १४ मा हुने भनिएको इङ्ल्यान्ड र अफगानिस्तानको खेल १५ अक्टोबरमा सारिएको छ । अक्टोबर १४ मा चेन्नाईमा हुने भनिएको न्युजिल्यान्ड र बंगलादेशको खेल १३ अक्टोबरमा डे–नाइट फर्म्याटमा सारिएको छ ।

    धर्मशालामा इङ्ल्यान्ड र बंगलादेशको खेल १० अक्टोबरमा सारिएको छ । यो डेनाइट खेल थियो तर अब अहिलेको समयको फेरबदल अनुसार यो खेल पूरै दिनमा हुनेछ ।१२ नोभेम्बरमा हुने भनिएका दुई खेल अब ११ तारिखमा हुनेछन् । अष्ट्रेलिया र बंगलादेशको खेल पुणेमा हुनेछ भने इङ्ल्यान्ड र पाकिस्तानको खेल कोलकत्तामा हुनेछ ।

    ५ अक्टोबरमा अहमदावादमा इङ्ल्यान्ड र न्युजिल्यान्डको खेलबाट सुरु हुने विश्वकपको समूह चरणको अन्तिम खेल १२ नोभेम्बरमा बंग्लोरमा भारत र नेदरल्यान्डबीच हुनेछ ।

    फाइनल खेल भने नोभेम्बर १८ मा अहमदावादमा नै हुनेछ । सेमिफाइनल मुम्बई र कोलकत्तामा नोभेम्बर १५ र १६ मा खेलिनेछ । आइसीसीका अनुसार खेलका लागि टिकट अगष्ट २५ बाट अनलाइनमा उपलब्ध हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार