Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रत्येक नेपालीकाे थाप्लाेमा ७४ हजार रूपैयाँ ऋण !

काठमाडौं । नेपाल सरकारले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रु २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रु १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

संघीय संसद्‌मा घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने गरेको भन्ने विषय उठिरहेको बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रु ४० अर्ब ६८ करोड ४२ लाख बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा रु ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा रु आठ अर्ब ६८ करोड ५४ लाख बराबर खर्च भएको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु ७४ हजार पाँच सय १६ बराबर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077