Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन एमालेको माग

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपप्राध्यापक प्रेम चलाउनेको न्यायको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक बर्तौलाले सरकारले दण्डहीनतालाई प्रशय दिने काम गरेको आरोप लगाएका हुन्।

सचेतक बर्तौलाले भने, ‘मुद्दा फिर्ता लिएर राज्यले दण्डहीनतालाई प्रशय दिने जुन काम गर्‍यो । त्यसको विपक्षमा प्रेम चलाउनेको न्यायको पक्षमा समर्थन जनाउँछु । कानुनको शासनको धज्जी उडाउने गरी सरकारले लिएको निर्णय खारेज हुनुपर्छ ।’

सचेतक बर्तौलाले कानूनमन्त्रीलाई ज्यान उद्योगमा मुद्दा दर्ता भएका अभियुक्तहरुलाई छाडेर कानून हातमा नलिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077