Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रभु साहको प्रस्ताव - बाध्य भएर मात्रै किसानले कृषि गरिरहेका छन्, पेन्सनको व्यवस्था गरौं

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले यस्तो प्रस्ताव राखेका हुन् ।

लुटेर बसेका कर्मचारीहरुलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए। कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने उनको तर्क थियो।

उनले भने, 'अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको छ । सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ ।’

साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको उल्लेख गर्दै सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए ।

साथै अध्यक्ष साहले गरिबलाई पनि पढन सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077