Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको निर्णयविरूद्ध चलचित्र संघ अदालतमा

काठमाडौं । नेपाल चलचित्र संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयविरुद्ध रिट दायर गरेको छ ।

काठमाडौं महानगरभित्रका हलहरूमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेनको निर्णयविरूद्ध फिल्म हल सञ्चालकहरू अदालत पुगेका हुन्।

चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । संघले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश माग गरेको छ ।

मेयर बालेनले 'आदिपुरुष' मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077