Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वसहमति नलिएमा काठमाडौं महानगरले सांसदहरूलाई योजना कार्यान्वयन गर्न नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूसँगको पूर्वसमन्वय र समन्वयबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममामार्फत आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ ।

बुधबार महानगरका प्रमुख बालेन शाहले आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरको सहमति लिनुपर्ने बताएका हुन् ।

'संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वयबिना छनोट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिने छ,' बालेनले भने ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकार र बागमती प्रदेश सरकारले सांसदहरुलाई पनि बजेट छुट्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077