Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, मोर्चामा छुटेर पनि ठिकै भयो : उपेन्द्र यादव

काठमाडौं । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्।

चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

यादवले समाजवादी मोर्चामा भट्टराईलाई कहिले सहभागी नभएको बताए। भट्टराईको एक्लै हिँड्ने बानी भएकाले ठिकै भएको जस्तो लागेको उनको भनाई छ ।

अध्यक्ष यादवले भने, ‘खै, बाबुराम भट्टराईलाई समातेको पनि होइन छोडेको पनि होइन हामीले। बाबुराम जी, कहिले पनि मोर्चामा सहभागी भएको, आएको, संलग्नता भएको देखिएन। मोर्चा बनाउन एक वर्ष अगाडि देखि तयारी थियो । छुट्नुभएको भए उहाँलाई थाहा होला। उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

यादवले समाजवादी मोर्चा एउटै पार्टी नबन्ने बताए। उनले मोर्चाभित्रका पार्टीबीच एकता हुन सक्छ तर समाजवादी मोर्चा नै एउटा पार्टी हुने आँकलन गलत भएको स्पष्ट पारे। उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077