Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेटलाई सुधार नगरे यथास्थितिमा पास हुने छाँटकाँट देख्दिनँ : उपेन्द्र यादव

काठमाडौं । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएका छन् ।

यादवले जिल्ला वा निर्वाचन क्षेत्रको विकासका लागि प्रधानमन्त्री वा अर्थमन्त्री नै हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेको औंल्याए ।

अध्यक्ष उपेन्द्र यादवले बिहीबार गरेको पत्रकार सम्मेलनमा नयाँ बजेट जनतामा आशा, भरोसा र उत्साह जगाउन असफल भएको बताए ।

अध्यक्ष यादवले भने, 'अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न ।'

त्यस्तै, उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको एक्लै हिँड्ने बानी भएकाले  नसमेटेको विषयमा पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077