Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनविरूद्धको रिट न्यायाधीश चन्दको इजलासमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ।

बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिए पनि स्थानीय सरकारले रोकेको भन्दै सिनेमा घर सञ्चालकहरूले विरोध जनाउँदै उनी विरुद्ध बुधबार मुद्दा दर्ता गराएका थिए।

मेयर बालेनले ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद राखेको भन्दै उक्त संवाद सबैतिर हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। दिएको समयभित्र संवाद नहटाए महानगरभित्र ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन नदिने घोषणा मेयर बालेनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077