Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घनश्याम भुसालको टिप्पणी - गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’को औचित्य सकिन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित माक्सवादी ज्ञान केन्द्रको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै भुसालले वर्तमान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए औचित्य समाप्त हुने बताएका हुन् ।

उनले भने, 'सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ ।'

इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।

त्यस्तै माक्सवादीभन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको उल्लेख गर्दै उनले नेतृत्वलाई आँखा चिमिलएर समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गरे ।

पुराना पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077