Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)सँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)लाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले मेयर बालेनसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएको भन्दै बदरको माग गर्दै मेयर बालेनले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर बालेनलाई स्पष्टीकरण सोधेको थियो। काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो।

उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो। प्राधिकरणले बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै गत बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेका थिए । महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077