Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं उपत्यकाका हलमा चल्न थाले हिन्दी फिल्म

काठमाडौं । काठमाडौं उपत्यकाका हलहरूमा भारतीय चलचित्र प्रदर्शनीमा आएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले 'आदिपुरुष' मा जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन् ।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो ।

मेयर बालेनले भने अदालतको फैसला नमान्ने भन्दै आदिपुरुष र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए। उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077