Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाइँदै

काठमाडौं। न्याय परिषदले तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । लामो समय कामू रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि नियुक्ति प्रक्रिया अघि बढाउन लागेका हुन्।

सुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्तिको प्रक्रिया अघि बढाउनेगरि छलफल गर्नका लागि केही दिनमै परिषद्को बैठक बोलाउने तयारी गरेको जनाइएको छ ।

उच्च अदालतमा १६० जना न्यायाधीश हुने संवैधानिक व्यवस्था छ। गतवर्ष न्यायपरिषदले रोष्टर तयार गर्दा उच्च अदालतमा २७ जना न्यायाधीश रिक्त थिए भने अहिले त्यो संख्या ४१ पुगिसकेको छ। उच्च अदालतमा ६ जना मुख्यन्यायाधीश समेत रिक्त छन्।

सर्वोच्च अदालतमा २१ न्यायाधीश हुनुपर्नेमा अहिले १६ जना मात्र छन्। त्यस्तै, २८७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा ३७ पद रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077