Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशसभा सांसद कल्याणी चढेको गाडी दुर्घटना

रूकुम । कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

रूकुमको चौरजहारी नगरपालिका ३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो।

कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन् । गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077