Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा आईएमएफको ऋणका लागि करमा भारी वृद्धि गर्ने तयारी

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफबाट ऋण पाउनका लागि कठोर कर नीति लागू गर्ने भएको छ ।

आईएमएफसँग ६ अर्ब डलर ऋणका लागि छलफल गरिरहेको पाकिस्तानले आईएमएफका शर्त अनुसार २ खर्ब १५ अर्ब रुपैयाँ उठाउने गरी करका दर बढाउने सहमति गरेको हो ।

आईएमएफका शर्तहरुबारे पाकिस्तानी संसद राष्ट्रिय सभामा तीन दिनसम्म भएको छलफलबाट करका दरमा वृद्धि गर्ने र आईएमएफका सवै शर्तहरु पूरा गर्ने सहमति गरिएको हो ।

करका दरमा गरिने भारी वृद्धिले गरीब र मध्यम वर्गमाथि ठूलो भार पर्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077