काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान बनाउनेबारे छलफल हुनेछ ।
यस्तै केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।