Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आईतबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मेयर शाहले अदालतको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दर्ता गराएकी थिइन् ।

झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077