Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस छियाछिया हुन लाग्यो, संवेदनशील भएर अगाडि बढ्नु पर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता रहेको बताका छन् ।

कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले कांग्रेस छियाछिया हुन लागेको टिप्पणी गरे।

नेता कोइरालाले भने,‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ, पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब बसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने पनि कोइरालाको भनाइ छ । संविधानमाथि प्रहार हुन लागेको दाबी गर्दै उनले सचेत हुन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077