Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : केपी ओली

    नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 507
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।

    आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाए। उनले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताए ।



    अध्यक्ष ओलीले माधवलाई कटाक्ष गर्दै भने, ‘आन्दोलनको क्रममा केही पात झर्दै जान्छन् । केही विरुवा बिग्रिन्छ । केही कोपिला र चिचिला पनि झर्छ । केही ठूला पनि झर्छन् । ठूला भइसकेपछि अब त पाक्ला पाक्ला भनेको बेलामा प्वाक्लाक्क झरिदिन्छ । आन्दोलनभित्र विभिन्न वैचारिक रोगहरु हुन्छन् । प्रवृत्तिगत रोगहरु हुन्छन् त्यसले लाग्छ । त्यही रोगले कहिलेकहिले केही मान्छेहरुलाई लान्छ । तर, आन्दोलन मर्दैन ।’

    कम्युनिष्ट भनेर जे बुझिन्थ्यो आजको अवस्थामा त्यो नभएको उनले बताए ।उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यक रहेको बताए ।

    अध्यक्ष ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार