Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई संविधानले धान्न सक्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपाको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले अहिलको शासकीय स्वरूप, निर्वाचन प्रणालीले मुलुकको विकास गर्न र विकृति विसंगती अन्त्य हुन नसक्ने भन्दै शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले अहिलेको शासकीय स्वरूप, निर्वाचन प्रणालीलाई संविधानले धान्न नसक्ने भएकाले सुधार गर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077