Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपाको चेतावनी – वास्ता नगरे टुलुटुलु हेरेर बस्दैनौँ, हाम्रा मुद्दा सम्बोधन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले यस्तो चेतावनी दिएका हुन् ।

उनले बजेट कर्मकाण्डी मात्रै आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने परियारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077