Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कलाकार प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार, कस्तो छ अवस्था ?

काठमाडौं । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानिया पुगेका कलाकार प्रकाश सपुतमाथि आक्रमण भएको छ ।

आइतबार एक सांस्कृतिक कार्यक्रममा स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि बोतल प्रहार भएको हो ।

स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए ।

उक्त बोतल अनुहारको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077