Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी सुरक्षा गार्डको हत्या

सिरहा । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ ।

मिर्चैया नगरपालिका-८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।

रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077