Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संवैधानिक निकायमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नसच्याए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सांसद परियारले जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको षडयन्त्र भएकाले रास्वपा घोर भर्त्सना गर्ने बताए ।

प्रमुख सचेतक परियारले भने, ‘राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो यो । यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु राजनीतिक कुचेष्टा हो । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन ।’

सचेतक परियारले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर प्रस्ताव गरिएको भन्दै यसले जनताको मताधिकारमा असर गर्नेमात्र नभई स्वतन्त्र रुपमा जन्मिएका नयाँ पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक खेल भएको बताए ।

उनले संवैधानिक निकायमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077