Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेट असन्तुलित भएको स्विकार गर्दै पर्यटनमन्त्री किराँतीले सदनमा मागे माफी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित भएकोमा माफी मागेका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै असन्तुलित हुन गएकोप्रति उनले माफी मागेका हुन् ।

किरातीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजना समेट्न नसक्दा सांसदहरुलाई खुशी नभएको उल्लेख गर्दै आफूले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए।

मन्त्री किरातीले भने, ‘हाम्रो कुरा नीति तथा कार्यक्रममा किताबमा सबै अटाएनन् । अटाएको कुरा पनि बजेटको सीमाको कारणले कार्यक्रममा ढाल्नै सकिएन । धेरै योजना अटाउनै सकिएन । सबैको चित्त प्रसन्न बनाउनै सकिएन । बाटो छलेर हिँड्नुपर्ने स्थिति छ । स्वाभाविक रूपमा बजेट असन्तुलित हुन गएको छ । त्यसका लागि म क्षमाप्रार्थी छु ।’

त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077