Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

देउवा नेतृत्वमा रहेसम्म कांग्रेसबाट अरु प्रधानमन्त्री हुन सम्भव छैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताएका छन् ।

कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने हल्ला चलिरहेका बेला नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औं महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्योभन्दा अघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’

नेता कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि नेता कोइरालाको भनाइ छ ।

सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077