Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव ल्याक्रोइक्स नेपाल आउँदै

काठमाडौं। संयुक्त राष्ट्र संघका उपमहासचिव आज नेपाल आउँदै छन् ।

राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077