Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवास प्रकरणमा भाटभटेनीका संचालक गुरुङ पक्राउ

काठमाडौं। ललितानिवास जग्गा हिनामिना मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गुरुङलाई उनको निवास नक्सालबाट पक्राउ हो ।

यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो ।

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा गुरुङलाई २ करोड धरौटीमा छोडेको थियो ।

त्यसपछाडि अनुसन्धान रोकिएकोमा अहिले ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए ।

यो भन्दा अगाडी उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको आयोगको छानबिनमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077